काठमाडौं । नेपाली सेनामा ३ सय ८८ जनाको लागि रोजगारी खुलेको छ ।
शुक्रवार सार्वजनिक सूचना जारी गर्दै नेपाली सेनाले रोजगारी खुलेको बताएको हो ।
सूचनाअनुसार खुल्लातर्फ २०५, महिला ३१, आदिवासी जनजाती ५३, मधेसी ४४, दलित २८ र पिछडिएको क्षेत्रका सात जना माग गरिएको छ ।
इच्छुक र योग्य आवेदकले शुक्रबार (मंसिर २६) देखि पुस २६ गतेसम्म र दोब्बर दस्तुर बुझाइ मिति पुस २७ गतेदेखि माघ ३ गतेसम्म आवेदन दिनुपर्ने सेनाले जनाएको छ ।










