मन्त्रिपरिषद्को विस्तार हुँदै, चार मन्त्री थपिने



काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तारको तयारी गरेकी छन् ।

आज मन्त्रिपरिषद् विस्तारको तयारी भइरहेको छ ।

शीतल निवास स्रोतका अनुसार श्रद्धा श्रेष्ठ, माधव चौलागाईं, राजेन्द्रसिंह भण्डारी र कुमार इङ्नामलाई मन्त्री बनाइँदैछ ।श्रद्धालाई महिला तथा बालबालिका, चौलागाईंलाई वन, भण्डारीलाई श्रम र इङ्नामलाई भूमि मन्त्रालयको जिम्मेवारी दिने तयारी छ ।

नियुक्त मन्त्रीको दिउँसो ३ बजे राष्ट्रपति कार्यालय शीतल निवासमा शपथ हुने निश्चित भएको छ ।

प्रकाशित मिति : मंसिर २६, २०८२ शुक्रबार  १२ : १८ बजे