आज कस्तो रहला देशभरको मौसम ?



काठमाडौं। जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशभर कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नदेखिएको जानकारी दिएको छ।

शनिबार देशभरको मौसम मुख्यतया सफा नै रहेको छ।

महाशाखाका अनुसार आज दिउँसो कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकि भू–भागमा मौसम मुख्यतया सफा रहने छ भने आज राति पनि देशभर मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।

प्रकाशित मिति : मंसिर २७, २०८२ शनिबार  ८ : २१ बजे