एमालेको बन्दसत्र दिउँसो १ बजेदेखि सुरु हुने



काठमाडौँ । नेकपा एमालेको ११ औं महाधिवेशन अन्तर्गत आजबाट सुरु हुने बन्दसत्रको समय सरेको छ ।

आज दिउँसो १ बजेदेखि मात्र बन्दसत्र सुरु हुने एमाले नेताहरूले जानकारी दिएका छन् ।

काठमाडौंको भृकुटीमण्डपमा बन्दसत्र यसअघि आजै बिहान साढे ७ बजेदेखि सुरु हुने भनिएको थियो ।

प्रकाशित मिति : मंसिर २८, २०८२ आईतबार  १० : २४ बजे