भृकुटीमण्डपमा एमालेको केन्द्रीय कमिटी बैठक सुरु



काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु भएको छ ।

भृकुटीमण्डपमा ११औं महाधिवेशनको बन्दसत्र सुरु हुनुअघि बैठक सुरु भएको हो ।

यो बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पदाधिकारी र केन्द्रीय कमिटीको आकार बढाउने प्रस्ताव ल्याउने तयारी गरेका छन्।

पदाधिकारी १९ र केन्द्रीय समिति ३०१ बनाउन प्रस्ताव गर्ने ओलीको तयारी छ ।

प्रकाशित मिति : मंसिर २८, २०८२ आईतबार  ११ : १० बजे