एमाले महाधिवेशनको बन्दसत्र ३ बजेलाई सर्‍यो



काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्रको समय फेरि सारिएको छ ।

अब यस दिन दिउँसो ३ बजेदेखि बन्दसत्र सुरु हुने तय गरिएको पार्टीको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

भक्तपुरको सल्लाघारीमा शनिबार उद्घाटन भएको महाधिवेशनको बन्दसत्र भृकुटीमण्डपमा हुँदैछ ।

प्रकाशित मिति : मंसिर २८, २०८२ आईतबार  १ : ५१ बजे