काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठकले पुरानै विधान ब्युँत्याएको छ।
पार्टीको ११औं महाधिवेशनको बन्दसत्र सुरु हुनुअघि आज भृकुटीमण्डपमा बसेको १०औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको अन्तिम बैठकले पुरानै विधान ब्युँताएको हो ।
विधान महाधिवेशन भएको तीन महिना नबित्दै एमालेले पुरानै विधान व्यवस्थामा फर्किएको हो।
विधान महाधिवेशनले चाहीँ पदाधिकारीको आकार घटाएको थियो। अब पदाधिकारी १९ जनाकै हुनेछ । यस्तै, केन्द्रीय कमिटी ३०१ सदस्यीय बनाउने निर्णय भएको छ।









