काठमाडौं । ट्रान्सपरेन्सी इन्टरनेशनल, नेपालले महान्यायाधिवक्ता सविता भण्डारीलाई साधारण सदस्य पनि नरहने गरी निलम्बन गरेको छ ।
भण्डारी सार्वजनिक पदमा पुगेको र पछिल्लो समय अनेक विवादमा तानिएको भन्दै ट्रान्सपरेन्सी इन्टरनेशनलले उनलाई साधारण सदस्यबाट पनि निस्काशन गरेको हो ।
उनी विवादमा जोडिएपछि उक्त निर्णय गरेको ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालका एक सदस्यले जानकारी दिए।
महान्यायाधिवक्ता भण्डारी ट्रान्सपरेन्सीमा साधारण सदस्य थिइन्।










