विधान संशोधन गरेर पुरानै लयमा फर्कियो एमाले, नयाँ नेतृत्व छान्न पुस १ मा मतदान



काठमाडौं । नेकपा (एमाले)को जारि महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि निर्वाचन तालिका प्रकाशन गरिएको छ । आइतबार साँझ निर्वाचन तालिका प्रकाशन गरिएको हो ।

निर्वाचन तालिकाअनुसार, पुस १ गते नेतृत्व चयनका लागि मतदान हुनेछ ।

तेस्तै एमालेले १०औँ महाधिवेशनकै कमिटीअनुसार पार्टी संरचना निर्माण गर्ने भएको छ । काठमाडौंको भृकुटीमण्डपमा जारी एघारौँ महाधिवेशनबको बन्दसत्रबाट पार्टीले उक्त प्रश्ताव पारित गरेको पार्टीकी सचिव पद्मा अर्यालले जानकारी दिईन्।

महाधिवेशनबाट १९ पदाधिकारी र ३०१ जनाको केन्द्रिय कमिटी चयन गरिने उनले बताइन् । उनका अनुसार एकजना अध्यक्ष, तीन जना उपाध्यक्ष, एक जना महासचिव, तीन जना उपमहासचिव र नौ जना सचिव गरी १९ सदस्यीय पार्टी पदाधिकारी निर्वाचित हुनेछन् ।

त्यसैगरी केन्दीय कमिटीको एक तिहाई सदस्यलाई समावेश गरेर पार्टीको पोलिटब्युरो निर्माण गरिने उनले जानकारी दिइन् । पोलिटब्युरो सदस्यको एक तिहाईबाट स्थायी कमिटी निर्माण गरिने समेत अर्यालले जानकारी दिईन् ।

प्रकाशित मिति : मंसिर २८, २०८२ आईतबार  ८ : १८ बजे