एमाले महाधिवेशन : आज उमेदवारी दर्ता हुँदै



काठमाडौं । नेकपा (एमाले)को जारी ११औँ महाधिवेशनका लागि आज उमेदवारी दर्ता हुने भएको छ ।

निर्वाचन समितिले सार्वजनिक गरेको निर्वाचन तालिकाअनुसार आज उम्मेदवारीसँग सम्बन्धित मुख्य कार्यक्रमहरू सञ्चालन हुँदैछन् ।

यस्तै आइतबार मतदाता नामावली प्रकाशन भए पनि अन्य बाँकी महत्वपूर्ण कार्य सोमबार हुने निर्वाचन आयोगका अध्यक्ष डा. बिजय सुब्बाले जनाएका छन्।

निर्वाचन आयोगका अध्यक्ष डा. सुब्बाले आइतबार सार्वजनिक गरेको निर्वाचन कार्यतालिकाअनुसार मंगलबार (भोलि) बिहान ११ बजेदेखि ५ बजेसम्म मतदान कार्यक्रम रहेको छ।

प्रकाशित मिति : मंसिर २९, २०८२ सोमबार  ७ : ५६ बजे