ईश्वर पोखरेल समूहबाट महासचिवमा सुरेन्द्र पाण्डेको नाम तय



काठमाडौं। नेकपा एमालेको ११ औं महाधिवेशनको बन्दसत्रको दोस्रो दिन आज नयाँ नेतृत्वका लागि उम्मेदवार मनोनयन हुँदैछ।

त्यसका लागि अध्यक्षका दाबेदार रहेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले महासचिव पदको टुंगो लगाएका छन्।

पोखरेल समूहबाट महासचिवमा सुरेन्द्र पाण्डेको नाम तय भएको छ।

यसैगरी उपाध्यक्षमा गोकर्ण विस्ट र उपमहासचिवमा योगेश भट्टराईलाई अगाडि बढाउने तय भएको छ।

प्रकाशित मिति : मंसिर २९, २०८२ सोमबार  ११ : १८ बजे