काठमाडौं। नेकपा एमाले को महासचिवमा शंकर पोखरेल र सुरेन्द्र पाण्डेबीच प्रतिस्पर्धा हुने भएको छ।
११ औं महाधिवेशनको उम्मेदवारी दर्ता प्रक्रिया आरम्भ हुनुअघि दुवै पक्षले पदाधिकारीमा आफ्नो उम्मेदवार टुंगो लगाएका छन्।
एमाले स्रोतका अनुसार केपी ओलीको टिमबाट महासचिवमा शंकर पोखरेलले प्रतिस्पर्धा गर्ने पक्का भएको छ।
शंकर दसौं महाधिवेशनबाट पनि महासचिव निर्वाचित भएका थिए। सुरेन्द्र पाण्डे उपाध्यक्ष निर्वाचित भएका थिए।









