ईश्वर पोखरेलले गराए अध्यक्षमा उम्मेदवारी दर्ता



काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदका लागि ईश्वर पोखरेलले उम्मेदवारी दर्ता गराएका छन्।

भृकुटीमण्डपमा जारी बन्दसत्रमा पोखरेलले उम्मेदवारी दर्ता गराएका हुन्।

केन्द्रीय निर्वाचन आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार पुस १ गते दिउँसो ११ बजेबाट मतदानको समय निर्धारण गरिएको छ।

एमालेमा अध्यक्षको उम्मेदवारी दर्ता शुल्क १५ हजार तोकिएको छ।

प्रकाशित मिति : मंसिर २९, २०८२ सोमबार  ४ : १५ बजे