काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदका लागि ईश्वर पोखरेलले उम्मेदवारी दर्ता गराएका छन्।
भृकुटीमण्डपमा जारी बन्दसत्रमा पोखरेलले उम्मेदवारी दर्ता गराएका हुन्।
केन्द्रीय निर्वाचन आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार पुस १ गते दिउँसो ११ बजेबाट मतदानको समय निर्धारण गरिएको छ।
एमालेमा अध्यक्षको उम्मेदवारी दर्ता शुल्क १५ हजार तोकिएको छ।









