फागुनमा निर्वाचन नभए मुलुकको अस्तित्वमाथि नै संकट आउनसक्छः मुख्यमन्त्री पाण्डे



काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले तोकिएकै मितिमा निर्वाचन सम्पन्न नभए मुलुकको अस्तित्वमाथि नै संकट आउने चेतावनी दिएका छन् ।

सोमवार पोखरामा आयोजित गण्डकी प्रदेश स्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।

मुख्यमन्त्री पाण्डेले फेरि निर्वाचन सार्ने, सरकार फेर्नेलगायतका काम भए मुलुक राजनीतिक अस्थिरतामा फस्ने र त्यसले झन ठूलो संकट निम्त्याउने जिकिर गरे ।

उनले वर्तमान सरकारले तोकिएकै मितिमा निर्वाचन हुनेगरी आवश्यक वातावरण बनाउनुपर्ने बताए ।

प्रकाशित मिति : मंसिर २९, २०८२ सोमबार  ६ : ४६ बजे