काठमाडौँ । नेकपा एमालेको ११ औँ महाधिवेशनमा अध्यक्षका उम्मेदवार केपी शर्मा ओलीको प्यानल छाडेका राजेन्द्र गौतमले उम्मेदवारी फिर्ता लिएका छन्।
पार्टीको ११औँ महाधिवेशनअन्तर्गत सोमबार उनले स्वतन्त्र रुपमा उपमहासचिव पदमा उम्मेदवारी दिएका थिए ।
यद्यपि उम्मेदवारको अन्तिम नामावली प्रकाशन भइसकेका कारण मतपत्रमा उनको नाम भने रहनेछ।
गौतम यसअघि एमालेको प्रचार विभाग प्रमुख हुन्।









