देउवा र शेखरबीच भेटवार्ता, के भयो कुराकानी ?



काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सभापति शेरबहादुर देउवासँग भेट गरेका छन् ।

मंगलबार उनीहरूबीच भेटवार्ता भएको हो ।

कांग्रेस केन्द्रीय कार्यालयले नम्बर बिनाका क्रियाशील सदस्यता फारम जिल्लाहरूमा पठाएको विषयमा कुरा गर्न नेता कोइराला केन्द्रीय सदस्य डा. मीनेन्द्र रिजाललाई लिएर सभापति भेट्न महाराजगन्ज पुगेका थिए ।

भेटमा कोइरालाले क्रियाशील वितरण समितिले नम्बरबिनाका फाराम जिल्लामा पठाएको र यसले पार्टीभित्र समस्या सिर्जना गरेको बताए । उनले नम्बरबिनाका फाराम तत्काल फिर्ता गरी नयाँ पठाउन निर्देशन दिन देउवालाई आग्रह गरे ।

प्रकाशित मिति : पुस १, २०८२ मंगलबार  २ : २५ बजे