आज कस्तो रहला देशभरको मौसम ?



काठमाडौं। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन।

जसका कारण हाल कोशी प्रदेश, बागमती प्रदेश र कर्णाली प्रदेशका हिमाली भू(भागमा आंशिक बदली रहेपनी बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ।

आज दिउँसो देशभर मौसम मुख्यतया सफा रहने छ।

यस्तै, महाशाखाका अनुसार आज राती पनि देशभरको मौसम मुख्यतया सफा रहने छ।

प्रकाशित मिति : पुस २, २०८२ बुधबार  ७ : ५० बजे