काठमाडौं । भदौ २३ र २४ गतेको घटना सम्बन्धी जाँचबुझ आयोगले एक महिना म्याद थप गर्न सरकारसंग आग्रह गरेको छ।
बुधबार सिंहदरबारमा प्रधानमन्त्री सुशीला कार्कीसँग छलफल गर्दै आयोगका पदाधिकारीहरुले जाँचबुझ आयोगको म्याद थप गर्न आग्रह गरेको हो।
गत असोज ५ मा गठन भएको उक्त आयोगका म्याद तीन महिना तोकिएकोमा समय सकिनै लाग्दा पनि हालसम्म बयानलगायतका काम सकिएकै छैन ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकसँगसमेत आयोगले बयान लिने तयारी गरेको छ । आयोगले ओली र लेखकसँग आगामी साता बयान लिने स्रोतले बतायो । आयोगका अध्यक्ष कार्कीले आयोगलाई काम गर्न केही समय अपुग भएकाले एक महिना थप गर्न प्रधानमन्त्रीसमक्ष आग्रह गरिएको बताए ।









