काठमाडौ । युरोपेली परिषद्ले रुसको छायाँ बेडासँग जोडिएका थप ४१ वटा रुसी पानीजहाजमाथि प्रतिवन्ध लगाएको छ ।
यो कदम रुसको ऊर्जा राजश्व कटौती गर्न र युक्रेनविरुद्धको युद्धलाई आर्थिक सहयोग रोक्न लक्षित छ ।
ब्रसेल्समा भएको युरोपेली संघ (ईयू० शिखर सम्मेलनमा घोषित यो निर्णयले छायाँ बेडालाई तेल मूल्य सीमा छल्ने, रुसको ऊर्जा तथा सैन्य क्षेत्रलाई समर्थन गर्ने र युक्रेनबाट लुटिएका सामानहरू ढुवानी गर्ने कार्यलाई रोक्न खोजेको छ ।
परिषद्को विज्ञप्तिअनुसार नयाँ सूचीकृत पानीजहाजहरू रुसको छायाँ बेडाको तेल ट्याङ्करहरूको हिस्सा हुन् ।














