काठमाडौँ । मधेस प्रदेश सभामा रिक्त सभामुख चयनका लागि आज निर्वाचन हुने भएको छ ।
मधेस प्रदेशको सभामुखका लागि दुई जनाको उमेदवारी परेकामा आइतबार निर्वाचन हुन लागेको हो ।
प्रदेशसभाले नयाँ सभामुख चयनका लागि आज दिउँसो १ बजे मतदान गर्ने कार्यसूची छ।
शनिबार सभामुख पदमा दुईजना उम्मेदवारले मनोनयन दर्ता गराएका छन्। प्रदेशसभा सचिवालयले जारी गरेको निर्वाचन कार्यतालिकाअनुसार, सात दलीय साझा उम्मेदवारको रूपमा जसपा नेपालका प्रमुख सचेतक रामआशिष यादव र एमालेका त्रिलोकी प्रसादले मनोनयन दर्ता गराएका थिए।









