काठमाडौं । मधेश प्रदेश सभाको सभामुखमा रामअशिष यादव निर्वाचित भएका छन् ।
आज मधेश प्रदेशसभा बैठकमा भएको मत विभाजन मार्फत निर्वाचनमा सातदलीय गठबन्धनका तर्फबाट उम्मेदवार यादवले ७२ मत प्राप्त गर्दै निर्वाचित भएका हुन् ।
सात दलीय गठबन्धनबाट जनता समाजवादी पार्टी नेपालका प्रमुख सचेतक रामआशिष यादव र नेकपा एमालेबाट प्रदेश सांसद त्रिलोकी प्रसादले सभामुखका लागि उम्मेदवारी दिएका थिए ।
९६ सांसद उपस्थित भएको मतदानमा यादवको पक्षमा ७२ जना सांसदले मत हालेका हुन् ।














