सरकारसँग असन्तुष्ट जेनजी मिराज ढुङ्गाना समूह आजबाट प्रदर्शनमा उत्रिँदै



काठमाडौं । जेनजी मिराज ढुङ्गाना समूहले आजबाट आजबाट विरोध प्रदर्शन गर्दैछ ।

ढुंगानाले सुशीला कार्की नेतृत्वको सरकारको १०० दिनको काम हेर्दा असफल भइसकेको दाबी गर्दै सोमबारदेखि नै आन्दोलन गर्ने जनाएको छ ।

सरकारसँग असन्तुष्ट जेनजी मिराज ढुङ्गाना समूहले बिहान ११ बजेदेखि माइतीघरमा प्रदर्शन गर्ने छ ।

आफैँले बनाएको सरकारले जेनजीका माग र मुद्दाहरू ‘अपहरण’ गरेको भन्दै विभिन्न जेनजी समूहहरूले प्रधानमन्त्रीको १०० दिन पुगेकै दिन आन्दोलनको घोषणा गरेका हुन् ।वर्तमान सरकारले भदौ २३ र २४ गतेको आन्दोलनको मर्म नबोकेको उनको भनाइ छ ।

प्रकाशित मिति : पुस ७, २०८२ सोमबार  ७ : ४० बजे