काठमाडौं । सोमबार एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ।
एमालेको ११ औं महाधिवेशनबाट तेस्रो कार्यकालका लागि अध्यक्ष चुनिएपछि ओली पहिलो पटक सभापति देउवालाई भेट्न उनकै निवास महाराजगञ्ज पुगेका हुन्।
आजको भेटमा ओलीले साथमा महासचिव शंकर पोखरेललाई पनि लगेका छन् ।
उनीहरुबीच समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको देउवाले सचिवालयले जनाएको छ।









