काठमाडौं । नेपाल बजारमा सुनको मूल्य लगातार बढिरहेको छ ।
बुधबार सुनको मूल्य तोलामा ९ सय रुपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन प्रतितोला दुई लाख ६८ हजार १०० रुपैयाँमा कारोबार भैईरहेको छ । यो हालसम्मकै महँगो हो ।
यस्तै, चाँदी पनि तोलामा १६५ रुपैयाँ बढेर चार हजार ४२० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।














