राप्रपा र राप्रपा नेपालबीच पार्टी एकताको सहमति, पुस १६ गते घोषणा सभा



काठमाडौं । राजेन्द्र लिङदेन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल) बीच पार्टी एकता गर्ने सहमति भएको छ ।

बुधवार साँझ राप्रपा केन्द्रिय कार्यालय धुम्बाराहीमा दुई नेताहरुबीच पार्टी एकता गर्ने सहमति भएको हो ।

सहमतिले राजावादी तथा राष्ट्रवादी शक्तिहरूबीचको विभाजन अन्त्य गरी एकीकृत रूपमा अघि बढ्ने बाटो खोलेको छ । बैठकले एकता सहमति पत्रमा हस्ताक्षर गर्ने निर्णय गरेको छ ।

सहमति पत्रमा थापा र लिङदेन दुवैले हस्ताक्षर गरेका छन् । एकता घोषणा सभा पुस १६ गते राष्ट्रिय सभागृहमा हुने जनाइएको छ ।

प्रकाशित मिति : पुस ९, २०८२ बुधबार  ९ : ०९ बजे