काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिका मेयर बालेन शाहबीच छलफल जारी छ।
ललितपुरको कुपण्डोलस्थित बालेनका सल्लाहकार कुमार व्यञ्जनकारको घरमा दुईजनाबीच छलफल सुरु भएको हो ।
यसअघि सोही ठाउँमा बालेन र कांग्रेस नेता तथा विघटित प्रतिनिधिसभाका सदस्य सुनील शर्माबीच छलफल भएको थियो ।









