पूर्वरथी बालानन्द शर्मा परराष्ट्रमन्त्री बन्दै, आजै शपथ



काठमाडौँ । नेपाली सेनाका पूर्वरथी बालानन्द शर्माले परराष्ट्र मन्त्रालयको जिम्मेवारी सम्हाल्ने भएका छन्।

प्रधानमन्त्री सुशीला कार्कीको सचिवालयका अनुसार शर्माको शपथ ग्रहण आज दिउँसो २ बजेका लागि तय गरिएको छ।

उनलाई पराराष्ट्रको जिम्मेवारी दिने तयारी भएको बताइएको छ ।

उक्त मन्त्रालय हाल प्रधानमन्त्री सुशीला कार्की आफैँले सम्हाल्दै आएकी छन् ।

प्रकाशित मिति : पुस ११, २०८२ शुक्रबार  १ : ३४ बजे