विशेष महाधिवेशन गर्नु अनिवार्य जिम्मेवारी भयोः गगन थापा



काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन गर्नु अनिवार्य रहेको बताएका छन् ।

शुक्रवार पार्टी मुख्यालयमा विशेष महाधिवेशन पक्षधरहरुको माग पत्र बुझेपछि उनले पार्टी केन्द्रिय कार्य समितिले अव विशेष महाधिवेशनको माग पूरा गर्न अनिवार्य भएको प्रतिक्रिया दिएका हुन् ।

महामन्त्री थापाले मंसिर महिनाभित्र पार्टीको १५ औ महाधिवेशन नभएपछि पुस मसान्तसम्म गर्ने भन्ने पार्टीको निर्णय बाध्यकारी व्यवस्था भएको र त्यो हुननसके पछि विशेष महाधिवेशनको मागअनुसार अघि बढ्नु पार्टीको लागि अनिवार्य शर्त भएको दाबि गरे।

प्रकाशित मिति : पुस ११, २०८२ शुक्रबार  ८ : ३५ बजे