काठमाडौं । लेबनानी राष्ट्रपति जोसेफ औनले देशका केही भागमा इजरायली आक्रमण जारी रहे तापनि जारी कुटनीतिक प्रयास र तनाव न्युनिकरण संयन्त्रका कारण इजरायलसँग पुनः युद्ध हुने जोखिम कम भएको बताएका छन् ।
मध्य लेबनानको बकेर्केमा क्रिसमसको अवसरमा आयोजित भ्रमणपछि पत्रकारहरूसँग कुरा गर्दै औनले युद्धको छाया टरेको बताए।
उनले नयाँ वर्षपछि पुनः शत्रुता शुरु हुनसक्ने इजरायली चेतावनीलाई वार्ताका माध्यमबाट पछि धकेल्न मद्दत पुगेको बताए।














