तीन राजनीतिक दलले आयोगमा बुझाए समानुपातिकको बन्द सूचि, कांग्रेसले सोमवार बुझाउने



काठमाडौं । फागुन २१ गते तोकिएको प्रतिनिधि सभा निर्वाचनको लागि तीन वटा राजनीतिक दलहरुले निर्वाचन आयोगमा समानुपातिकतर्फको बन्दसूचि बुझाएका छन् ।

आयोगकाअनुसार आईतवार दिउँसोसम्म नेपाल मजदुर किसान पार्टी ९नेमकिपा० सहित तीन वटा राजनीतिक दलले बन्दसूचि पेश गरेका हुन् । तीन वटा राजनीतिक दलहरुले १३४ जनाको बन्दसूचि आयोगमा पेश गरेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए।

तेस्तै नेपाली काँग्रेसले आगामी प्रतिनिधि सभा सदस्यका लागि समानुपातिक सूचि सोमवार निर्वाचन आयोगमा बुझाउने भएको छ । आईतवार सानेपामा सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका प्रवक्ता डा। प्रकाशशरण महतले यसबारे जानकारी गराएका हुन् ।

सात प्रदेशकै केन्द्रिय कार्य सम्पादन समितिमा रहेका नेताहरुसँग छलफल भइरहेको र अब सूचि तयार गरेर सोमवारसम्म आयोगलाई बुझाउने उनले बताए ।

निर्वाचन आयोगले आईतवार र सोमवार बन्दसूचि पेश गर्ने समय तोकेको छ ।

प्रकाशित मिति : पुस १३, २०८२ आईतबार  ७ : ०५ बजे