आयोगमा बन्दसूची बुझाउने क्रम जारि,धरौटी बुझाइसकेकाले मंगलवार बिहानसम्म बन्दसूची बुझाउन सक्ने



काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि दलहरूले निर्वाचन आयोगमा समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची बुझाउने क्रम जारी छ। पछिल्लो विवरण अनुसार बन्दसूचीका लागि ५३ वटा दलले धरौटी बुझाइसकेका छन् ।

समानुपातिकको बन्दसूची बुझाउने अन्तिम दिन सोमवार साँझसम्म १५ वटा दलहरुले बन्दसूचि बुझाइ सकेकोृको निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए।

आयोगले सोमवार दिउँसो ४ बजेसम्म सूचि बुझाउन भनेको भएपनि ठूला दलहरूले अहिलेसम्म उम्मेदवार सूची बुझाइरहेकाका छन् ।

प्रवक्ता भट्टराईले निस्सा लिएर गएका पार्टीहरुले आज सोमवार राति वा मंगलवार बिहानसम्म पनि आफ्नो समानुपातिक बन्दसूची बुझाउन पाइने बताए । उनले आयोग राति अबेरसम्म भएर समेत सेवा जारी राख्ने बताए ।

प्रतिनिधि सभा निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारको बन्दसूची बुझाउने क्रम सोमवार साँझसम्म जम्मा पनि जारि छ । १५ वटा पार्टीले ।

प्रकाशित मिति : पुस १४, २०८२ सोमबार  ८ : १४ बजे