काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चुनाव अगाडि महाधिवेशन गर्दा पार्टीमा हुने प्रतिस्पर्धाको असर निर्वाचनमा पर्न सक्ने चिन्ता व्यक्त गरेका छन् ।
महाधिवेशन पहिला गरिए पार्टीमा हुने प्रतिस्पर्धाको असर निर्वाचनमा पर्न सक्ने भन्दै उनले चिन्ता व्यक्त गरेका हुन् ।
मङ्गलबार काठमाडौँमा पत्रकारहरूसँगको भेटघाटमा देउवाले १५औँ महाधिवेशनमा आफू प्रतिस्पर्धी नरहने र तटस्थ भूमिका निभाउने बताए।
“निर्वाचनअघि महाधिवेशन गर्दा पार्टीभित्रको प्रतिस्पर्धाको असर पर्छ भनेर मैले भनिरहेको छु,” देउवाले भने, “तर गर्ने नै हो भने मैले रोक्ने कुरा हुँदैन।”









