दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन सुक–योलका लागि थप हिरासत वारेन्ट जारी



काठमाडौं । दक्षिण कोरियाको अदालतले प्रमाण नष्ट गर्ने आशंकामा पूर्वराष्ट्रपति युन सुक–योलको हिरासत अवधि थप ६ महिनाका लागि बढाएको छ ।

युनलाई सन् २०२४ को मार्सल ल प्रयास र विद्रोहको अभियोगमा पदच्युत गरी कानूनी कारबाही अघि बढाइएको हो ।

दक्षिण कोरियाको एक अदालतले शुक्रवार पूर्व राष्ट्रपति युन सुक–योलका लागि प्रमाण नष्ट गर्नसक्ने चिन्ता व्यक्त गर्दै थप हिरासत वारेन्ट जारी गरेको हो ।

सिओल केन्द्रीय जिल्ला अदालतले युनको विद्रोह र अन्य आरोपहरूको अनुसन्धानको नेतृत्व गर्ने स्वतन्त्र काउन्सिल चो युन–सुकको अनुरोधलाई स्वीकार गरेको हो ।

प्रकाशित मिति : पुस १९, २०८२ शनिबार  १ : २९ बजे