एकैदिन तोलामा ४६ सय रुपैयाँले बढ्यो सुनको मूल्य



काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ ।

आज सुन प्रतितोला ४६ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन सुनको मूल्य प्रतितोला दुई लाख ६० हजार ४०० रुपैयाँमा कारोबार भएको सुन आज दुई लाख ६५ हजारमा कारोबार भइरहेको छ ।

यस्तै, अघिल्लो दिन प्रतितोला चार हजार ५०० रुपैयाँ रहेको चाँदी यस दिन बढेर चार हजार ६८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : पुस २१, २०८२ सोमबार  ११ : २१ बजे