काठमाडौं । नेपाली कांग्रेसका नेता एवं राष्ट्रिय सभा सदस्य कृष्ण प्रसाद सिटौलाले प्रतिनिधिसभाको निर्वाचनमा पार्टी एक्लै चुनावमा जाने बताएका छन् ।
सोमबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा उनले राष्ट्रियसभाको निर्वाचनमा आवश्यकताअनुसार तालमेल हुन सक्ने भए पनि प्रतिनिधिसभाको चुनावमा कांग्रेस एक्लै जानुपर्ने बताए।
‘प्रतिनिधिसभाको चुनावमा हामी एक्लै जाने हो,’ उनले भने, ‘अहिलेसम्म पार्टीको बटमलाइन एक्लै चुनावमा जानुपर्छ भन्ने नै छ।’
उनले सरकारले र निर्वाचन आयोगले सुरक्षा र भयरहित वातावरण निर्वाचन गर्न सक्षम छौं भनेको सुनाउँदै आफूहरु निर्वाचनमा जान तयार रहेको बताए ।









