काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनबाट पार्टी विभाजन नहुने स्पष्ट पारेका छन्।
बिहीबार सामाजिक संजालमार्फत महामन्त्री शर्माले विशेष महाधिवेशनले पार्टीलाई अझ बलियो बनाउने बताएका छन् ।
उनले भनेका छन्, ‘नेपाली काँग्रेसको पहिलो बिशेष महाधिवेशनले नेपाली काँग्रेसलाई त्यो समयको सही मार्गमा सही ढंगले अघि बढ्न दुरदृष्टि र दृढ इच्छाशक्ति दिएको थियो । दोस्रो विशेष महाधिवेशन भिन्न राष्ट्रिय परिस्थिति र भिन्न आन्तरिक अवस्थाका बीचमा भइरहेकोे छ । यो संवेदनशील र ऐतिहासिक घडीमा हामीले एकातर्फ आन्तरिक एकतालाई सुदृढ बनाउने कार्य गरेर पार्टीभित्र नवीन आत्मविश्वास भर्नुछ । अर्कोतर्फ आजको नेपाल र अबको नेपालका बारे सुझबुझपुर्ण दृष्टि, योजना र संकल्प अघि सारेर मुलुकको विश्वास जित्न नयाँ ढंगले अघि बढ्नुछ ।’
यही पुस २७ र २८ गते काठमाडौंमा दोस्रो विशेष महाधिवेशन आयोजना गर्ने विषयमा पत्रकार सम्मेलनमार्फत आह्वान भइसकेको छ ।










