कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक



काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाइएको छ ।

आज अपराह्न ४ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी बैठक बोलाइएको पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

बैठकमा पार्टीभित्रको महाधिवेशन विवाद, वर्तमान राजनीतिक अवस्था तथा समसामयिक विषयहरूमा छलफल हुने बुझिएको छ ।

प्रकाशित मिति : पुस २४, २०८२ बिहीबार  १ : ०६ बजे