काठमाडौ. ।नेपाली काँग्रेसको दोस्रो विशेष महाधिवेशन काठमाडौंको भृकुटीमण्डपमा शुरु भएको छ ।
महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको आह्वानमा आयोजित यो महाधिवेशनको उद्घाटन महामन्त्रीद्वयले बेलुन उडाएर शुरु भएको हो ।
उद्घाटन सत्रका लागि भृकुटीमण्डपको खुला चौरमा निर्माण गरिएको मन्च र सो परिसरमा नेता तथा कार्यकर्ताहरुको बाक्लो उपस्थिति छ ।

















