काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा विशेष महाधिवेशनको बन्दसत्रमा सहभागी हुने सूचनामा कुनै सत्यता नरहेको उनको सचिवालयले स्पष्ट पारेको छ ।
सचिवालयले एक सूचना जारी गर्दै उक्त सूचनामा कुनै सत्यता नभएको स्पष्ट पारेको हो।
भृकुटीमण्डपमा हुने भनिएको कार्यक्रममा सभापति देउवा सहभागी हुने कुनै कार्यतालिका नरहेको सचिवालयले जनाएको छ ।
विशेष महाधिवेशन पक्षधरले आइतबारदेखि भृकुटीमण्डपमा विशेष महाधिवेशन आयोजना गरेको छ ।









