माघ ४ गते राष्ट्रियसभा बोलाउन मन्त्रिपरिषदको सिफारिस



काठमाडौं । सरकारले राष्ट्रियसभाको अधिवेशन आगामी माघ ४ गते आह्वान गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषदको बैठकले माघ ४ गते बिहान ११ बजेका लागि राष्ट्रियसभा बोलाउन सिफारिस गरेको हो।

संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार सिंहदरबारमै रहेको कृषि तथा प्राकृतिक स्रोत समितिको हललाई राष्ट्रिय सभाको बैठक बस्ने गरी व्यवस्थापन गरिएको छ ।

प्रकाशित मिति : पुस २८, २०८२ सोमबार  ३ : ४८ बजे