नयाँ नेतृत्व चयनको माग गर्दै भृकुटीमण्डपमा प्रतिनिधिहरूले गरे नाराबाजी



काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन चलिरहेको भृकुटीमण्डपमा स्थलमा प्रतिनिधिहरूले नाराबाजी गरेका छन् ।

बन्द सत्रको दोस्रो दिन पनि नयाँ कार्यसमितिको निर्वाचन प्रक्रिया सुरू नभएपछि उनीहरू भड्किएर नाराबाजी गर्न थालेका हुन् ।

केन्द्रीय कार्यसमिति भंग गर नयाँ नेतृत्व चयन गर लगायतका नारा लगाउँदै प्रतिनिधिहरूले नाराबाजी गरेका हुन् ।

विशेष महाधिवेशन आह्वान गर्ने नेताहरूले अझै पनि सहमति हुन सक्ने अपेक्षामा संस्थापन पक्ष र शेखर कोइराला पक्षका नेताहरूसँग वार्ता गरिरहेका छन् ।

प्रकाशित मिति : पुस २९, २०८२ मंगलबार  १ : ३५ बजे