महामन्त्रीद्वय र सभापति देउबाबीच छलफल जारी



काठमाडौँ । नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनलाई लिएर उत्पन्न विवाद उत्कर्षमा पुगेका बेला सभापति शेरबहादुर देउवा र महामन्त्रीद्वय गगन थापा तथा विश्वप्रकाश शर्माबीच महाराजगन्जस्थित देउवा निवासमा छलफल भइरहेको छ।

मंगलबार राति अबेरसम्म विभिन्न चरणमा भएका द्वीपक्षीय र समूहका आन्तरिक छलफलबाट सहमति नभएपछि महामन्त्रीद्वयले देउवा निवास महाराजगञ्ज पुगेर भेटवार्ता अघि बढाएका हुन् ।

आइतबारदेखि सुरु महाधिवेशनपछि उत्पन्न विवाद अन्त्यको खोजीका लागि सभापति देउवाले महामन्त्रीद्वय थापा र शर्मासँग छलफल गरेका हुन् ।

प्रकाशित मिति : पुस ३०, २०८२ बुधबार  १० : ५७ बजे