काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा कानुनी परामर्शमा जुटेका छन् ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग राजनीतिक सहमति नजुटेपछि उनीहरू कानुनविद् तथा आफू निकटका नेतासँग निरन्तर छलफलमा जुटेका हुन्।
बुधबार बिहान सभापति शेरबहादुर देउवासँग भेटका क्रममा देउवाले आफू पार्टीका उम्मेदवारलाई दिइने टिकटमा हस्ताक्षर गर्ने अधिकार त्याग्न तयार रहेको बताएका थिए ।
यसका लागि कानुनका जानकार र निर्वाचन आयोगसँग परामर्श गर्न देउवाले सुझाव दिएका थिए ।









