गगन थापाले दिए सभापतिमा उम्मेदवारी



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी सभापतिका लागि उम्मेदवारी दर्ता गराएका छन् ।

दोस्रो विशेष महाधिवेशनमा थापाले सभापतिका लागि उम्मेदवारी दर्ता गराएका हुन् ।

स्रोतका अनुसार अरू कसैले सभापति पदमा उमेदवारी दिएका छैनन् ।

निर्वाचन समितिका अनुसार ११ः१५ सम्म मनोनयन दर्ताको समय तोकिएको थियो ।

प्रकाशित मिति : पुस ३०, २०८२ बुधबार  ११ : ५८ बजे