काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा समूहले कारबाही गरेपछि महामन्त्री गगनकुमार थापाले आफूहरू नै आधिकारिक कांग्रेस भएको प्रतिक्रिया दिएका छन्।
देउवा पक्षले कारबाही गरेपछि महामन्त्री थापाले आफूहरू नै कांग्रेसको आधिकारीक भएको बताएका छन्।
विशेष महाधिवेशन चलिरहेकै अवस्थामा संस्थापन पक्षले कारबाही गरेपछि थापाले विधानसम्मत प्रक्रियामार्फत नयाँ नेतृत्व चयनको चरणमा पुगेको भन्दै आधिकारिकता आफूहरूसँग रहेको स्पष्ट पारे।
अधिवेशनभन्दा माथि कुनै निकाय नरहेको र अधिवेशनमा सहभागी प्रतिनिधिहरू नै केन्द्रीय समिति भएको उनले बताए। ‘विधि र विधानसम्मत कांग्रेसको अधिवेशन भइरहेको छ। हामी नयाँ नेतृत्व चयन गर्ने चरणमा छौँ। अल्मलिने अवस्थै छैन, अधिवेशनमा उपस्थित पक्ष नै आधिकारीक कांग्रेस हो,’ उनले भने।









