विशेष महाधिवेशनलाई निर्वाचन आयोगले वैधानिकता दिने बित्तिकै सबै ठिक हुन्छः उदय शमशेर राणा



काठमाडौं । नेपाली काँग्रेसका नेता उदय शमशेर राणाले पार्टी फुटेको नभई नेतृत्व मात्र परिवर्तन हुन लागेको बताएका छन् ।

बुधवार विशेष महाधिवेशनस्थल भृकुटीमण्डपमा न्युज एजेन्सी नेपालसँग कुरा गर्दै नेता राणाले यस्तो बताएका हुन् ।

नेतृत्वका विषयमा महाधिवेशन प्रतिनिधिहरुले लचकता देखाएपनि संस्थापन पक्षले खारेज गरिदिएको उनको दाबि छ ।

राणाले नीति र नेतृत्व परिवर्तन गर्ने उद्देश्यले विशेष महाधिवेशन भएपनि संस्थापन पक्षले लचकता नदेखाएपछि नेतृत्व परिवर्तन भएको बताए ।

प्रकाशित मिति : पुस ३०, २०८२ बुधबार  ८ : २० बजे