निर्वाचन आयोगले वैधानिकता नदिए देशभर आन्दोलन गर्छौंः पूर्णबहादुर खड्का



काठमाडौँ । नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहले निर्वाचन आयोगले संविधान कानुन, पार्टी विधान र नियमावलीविपरीत निर्णय गरेमा देशभर आन्दोलन गर्ने बताएको छ ।

पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै कार्यबाहक सभापति पूर्णबहादुर खड्काले त्यस्तो अवस्था आए देशभर आन्दोलन गर्ने बताए ।

“हाम्रो चुनाव चिह्न र नाम तलमाथि भए हामी आन्दोलनमा जानुको विकल्प छैन,” उनले भने, “हामी वडा तहसम्म आन्दोलनमा जानुको विकल्प छैन । हामी वडा तहसम्म विरोधमा उत्रिन नपरोस् ।”

उनले गगन पक्षले सभापति र केन्द्रीय समितिलाई देखाएर झूटा कुराको प्रचार गरेको आरोप लगाए ।

प्रकाशित मिति : माघ २, २०८२ शुक्रबार  ३ : २६ बजे