राष्ट्रिय सभा सदस्य नारायणकाजीले दिए राजीनामा



काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले राष्ट्रिय सभा सदस्य पदबाट राजीनामा दिएका छन् ।

श्रेष्ठले आइतबार बिहान राष्ट्रियसभाका अध्यक्ष नारायण दाहाललाई राजीनामा बुझाएका हुन् ।

श्रेष्ठ २०७६ को माघमा राष्ट्रिय सभाका लागि निर्वाचित भएका थिए।

राष्ट्रिय सभा सदस्यबाट राजीनामा दिएर प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ चुनाव लड्ने श्रेष्ठको तयारी छ ।

प्रकाशित मिति : माघ ४, २०८२ आईतबार  १२ : ३९ बजे