काठमाडौं । निर्वाचन आयोगको निर्णयविरूद्ध कांग्रेस पूर्वसभापति शेरबहादुर देउवाले पेस गरेको रिट सर्वोच्च अदालतले दर्ता गरेको छ।
आइतबार बिहान रिट पेसका लागि पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्कासहित नेताहरू सर्वोच्च पुगेर रिट पेस गरेका हुन्।
सर्वोच्च प्रशासनले रिटको पेसी यही माघ ६ गतेका लागि तोकेको छ ।
रिटको पेसी आजै तोक्नका लागि आग्रह गरेको भएपनि सर्वोच्च प्रशासनले आजै मुद्दा दर्ता गरेर पेसी तोक्न सम्भव नभएको जानकारी दिएका छन् ।









